मेन्छियाम हाइड्रोपावर लिमिटेडको कुल ४३ लाख ७ हजार २८३ कित्ता सेयरको लकइन अवधि हिजो वैशाख १२ गतेबाट समाप्त भएको छ।
समाप्त भएको लकइनअन्तर्गत ३७ लाख ९८ हजार ८३ कित्ता संस्थापक सेयर, ५ लाख ५ हजार ७८० कित्ता स्थानीय बासिन्दाको सेयर तथा ३ हजार २४० कित्ता कर्मचारीको सेयर समावेश छन्।
यद्यपि, कम्पनीका सञ्चालक तथा व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने प्रचलित नियमअनुसार सेयर अझै रोक्का नै रहने कम्पनीले जनाएको छ।
उक्त सेयरको तीन वर्षदेखि लागेको लकइन अवधि समाप्त भएसँगै भोलि सोमबारदेखि कारोबारमा आउने भएको छ।

















प्रतिकृया