संघीय संसद् सचिवालयले प्रतिनिधिसभाअन्तर्गत पाँच संसदीय समितिका बैठक कार्यसूची सार्वजनिक गरेको छ। आज बस्ने अर्थ समितिको बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग छलफल गरिनेछ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि छलफल गरिनेछ भने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ को सन्दर्भमा नेपाल कानुन व्यवसायी परिषद्सँग छलफल गरिने कार्यसूची रहेको छ।
त्यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको काम, कारबाही र प्रगतिबारे छलफल गरिनेछ। पूर्वाधार विकास समितिको बैठकमा भने ‘विद्युत् विधेयक, २०८०’, ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१’ तथा सुनकोसी मरिण डाइभर्सन आयोजना सम्बन्धमा छलफल गरिने कार्यक्रम तय गरिएको छ।


















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

प्रतिकृया