सरकारले भ्रष्टाचारलाई संरक्षण दिएको आरोप लगाउँदै मेयर बालेनले भने, “मलाई जेल हाल”

सरकारले भ्रष्टाचारलाई संरक्षण दिएको आरोप लगाउँदै मेयर बालेनले भने, “मलाई जेल हाल”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफू गलत भए जेल हाल्न चुनौती दिएका छन्। महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्दै उनले यस्तो चुनौती दिएका हुन्।

बालेनले मंगलबार (चैत १२) बिहान आफ्नो फेसबुक पोस्टमार्फत सरकारमाथि भ्रष्टाचारलाई संरक्षण दिएको आरोप लगाउँदै भने, “यति धेरै कानुन मिच्ने, भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुरा भाषणमा मात्रै सुन्नुपर्ने? माथिको कुरा गलत भए मलाई जेल हाल।”

काठमाडौं टावरको नक्सा अवैधानिक रूपमा पास गरेको आरोपमा मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई निलम्बन गरे।

छानबिन गर्न पुस १६ गते कानुनी सल्लाहकार शेखरप्रसाद पौडेलको संयोजकत्वमा समिति गठन भयो, तर उनको राजीनामासँगै समिति विघटन भयो। त्यसपछि पूर्वसचिव शंकर पाण्डेको नेतृत्वमा नयाँ समिति गठन गरियो, जसलाई थप समय दिइए पनि प्रतिवेदन बुझाउन नसक्दा बालेनले थप समय दिन अस्वीकार गरे।

अन्ततः तीन विभागीय प्रमुखलाई प्रतिवेदन तयार पार्न लगाइयो, जुन मंगलबार सार्वजनिक गरिएको छ।

486055875 1221112876047632 4532008673875717822 n https://bajarkochirfar.com/mayor-balen-accusing-the-government-of-protecting-corruption-said-put-me-in-jail | %tags 486676425 1221112879380965 1054942667530749411 n https://bajarkochirfar.com/mayor-balen-accusing-the-government-of-protecting-corruption-said-put-me-in-jail | %tags 486932381 1221112932714293 1028651874383517702 n https://bajarkochirfar.com/mayor-balen-accusing-the-government-of-protecting-corruption-said-put-me-in-jail | %tags 486234619 1221112936047626 1384779271359444375 n https://bajarkochirfar.com/mayor-balen-accusing-the-government-of-protecting-corruption-said-put-me-in-jail | %tags 486507626 1221113006047619 8021403483072284939 n https://bajarkochirfar.com/mayor-balen-accusing-the-government-of-protecting-corruption-said-put-me-in-jail | %tags 486651813 1221113002714286 8958150472169731568 n https://bajarkochirfar.com/mayor-balen-accusing-the-government-of-protecting-corruption-said-put-me-in-jail | %tags

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स