मातृभूमि लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीका लागि १०० प्रतिशत हकप्रद सेयर तथा सर्वसाधारणका लागि एफपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले यी दुवै प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेश गर्ने जनाएको छ।
संस्थाको सातौँ वार्षिक साधारणसभा असार ३२ गते कैलालीको लम्कीस्थित केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि बस्नेछ।
सभाले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। प्रस्ताव स्वीकृत भएमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका हकप्रद सेयर विद्यमान सेयरधनीलाई बिक्री खुला गर्नेछ।
यस्तै, कम्पनीले ११ करोड ४९ लाख ९८ हजार २६० रुपैयाँ बराबरको एफपीओ जारी गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ। संस्थापक र सर्वसाधारणतर्फको सेयर स्वामित्व अनुपात क्रमशः ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न कम्पनीले एफपीओ निष्काशन गर्न लागेको जनाएको छ।
सभाले उपयुक्त लघुवित्त संस्थासँग मर्जर तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विशेष प्रस्तावमाथि पनि निर्णय गर्नेछ।
यसका साथै, आर्थिक वर्ष २०८१/८२ को वार्षिक तथा वित्तीय प्रतिवेदन पारित गर्ने, चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभामा पेश गरिनेछ।
सभा प्रयोजनका लागि कम्पनीले असार २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार असार २२ गतेसम्म कायम रहेका सेयरधनी मात्रै साधारणसभामा सहभागी हुन तथा प्रस्तावित हकप्रद सेयरका लागि योग्य हुनेछन्।









![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)




![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया