मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना संस्थापक सेयरधनीका सेयर बिक्रीमा राखेका छन्।
मातृभूमि लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको २ हजार २६८ कित्ता संस्थापक सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको छ। इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र कैलालीस्थित कम्पनीको केन्द्रीय कार्यालय वा बुढानीलकण्ठस्थित कर्पोरेट कार्यालयमा निवेदन दिनुपर्नेछ। तोकिएको समयावधिभित्र निवेदन नआए बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।
त्यस्तै, जीवन विकास लघुवित्तले संस्थापक सेयरधनी भरत लाल बहरदारको नाममा रहेको १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। सो सेयरको मूल्य प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँ तय गरिएको छ। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार हाल यी सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन्। इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र मोरङ्गस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आशयपत्र पेश गर्नुपर्नेछ। आशयपत्र प्राप्त भएपछिको सेयर खरीद–बिक्री आपसी समझदारीमार्फत् हुने कम्पनीले जनाएको छ।













![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)





![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया