एसईई पास भएकाहरुलाई मातृभूमि लघुवित्तमा जागिर खुल्यो
मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ सहायक पदमा केही संख्यामा स्थायी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
एसईई वा सो सरह उत्तीर्ण र कम्तीमा ६ महिनाको लघुवित्त/बैंकिङ अनुभव भएका १८ देखि ३५ वर्ष उमेर समूहका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् (महिलाका लागि उक्त उमेरमा ५ वर्ष उमेर थप)। आवेदन दिन अन्तिम मिति २०८२ असार १९ गतेसम्म रहेको छ।
आवश्यक कागजातसहितको फारम कर्पोरेट कार्यालय बुढानीलकण्ठ–७ गल्फुटार, काठमाडौं वा संस्थाको वेबसाइटमार्फत डाउनलोड गरी इमेल [email protected] मा पठाउन सकिनेछ। परीक्षा अन्तरवार्ता हुनेछ भने तलब सुविधा संस्थाको नियमानुसार हुनेछ।