मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा आज बिहान ११ बजे बुढानीलकण्ठस्थित होटल अमुप्रस्थ ब्याङ्क्वेट एण्ड इभेन्ट्समा बस्दैछ। सभामा सर्वसाधारणमा थप सेयर निष्काशन (एफपीओ) गर्ने र अन्य लघुवित्त संस्थासँग गाभ्ने सम्बन्धी कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरिनेछ।
साथै, गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, चालु वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने निर्णय गरिनेछ।
सभाले ४ जना संस्थापक र २ जना सर्वसाधारण सेयरधनी प्रतिनिधिको निर्वाचन पनि गर्नेछ। सभा प्रयोजनका लागि कम्पनीले चैत २२ गते बुक क्लोज गरिसकेकोले चैत २१ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन्।




















प्रतिकृया