माओवादी उपमहासचिव वर्षमान पुनले भिजिट भिसाका नाममा भएको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकले नैतिकता प्रदर्शन गर्न नसकेको टिप्पणी गरेका छन्। उनले गम्भीर आरोपसँग नाम जोडिएपछि राजीनामा दिनुपर्ने माग गरे पनि गृहमन्त्री तयार नभएको बताए।
पुनका अनुसार सरकारसँग भएको दुई बुँदे सहमतिमा भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन र दोषीमाथि कारबाही गर्ने सहमति भएपछि संसदको अवरोध हटाइएको हो। उनले गृहमन्त्रीको सचिवालय र अध्यागमनका अधिकारीहरू संलग्न रहेको प्रारम्भिक प्रमाण देखिएको र छानबिनको दायरामा मन्त्री पनि पर्ने बताए।
छानबिन समिति एक महिनाभित्र नबने वा निष्पक्ष कारबाही नभए फेरि आन्दोलनमा उत्रिने चेतावनी पनि उनले दिए। साथै, रास्वपा पनि छानबिनको मागमा एकमत रहेको भन्दै राजीनामाको माग नगरेको स्पष्ट पारे।















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया