नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पटक-पटक स्पष्टीकरण सोधिएकोप्रति नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक हितराज पाण्डेले कुलमान घिसिङको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको विषयमा असन्तुष्टि व्यक्त गरे।
पाण्डेले भने, “जब सार्वजनिक संस्थाहरू घाटामा गइरहेका छन्, त्यही समय विद्युत् प्राधिकरणलाई नाफामा लैजाने नेतृत्वलाई निरन्तर स्पष्टीकरण सोध्नु सरकारको के नीति हो?” उनले कुलमानबारे सदनलाई जानकारी गराउन माग गरे।
सभामुख देवराज घिमिरेले माओवादी सांसदहरूको बैठक अवरोधपछि प्रमुख सचेतक पाण्डेलाई बोल्न समय दिएका थिए। पाण्डेले सरकारको मूल्यांकनप्रति प्रश्न उठाउँदै भने, “सरकार जसले राम्रोसँग काम गरिरहेको छ, विद्युत् प्राधिकरणलाई नाफामा लैजाने नेतृत्वलाई शून्य अंक दिनुको कारण के हो? जबकि सरकारका मन्त्रालयहरूको मूल्यांकन गर्न ध्यान दिइएको छैन।”
उनले सभामुखसँग सरकारको स्पष्ट जवाफ माग गर्न रुलिङको पनि माग गरे।




















प्रतिकृया