माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण १९ गते
माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने

नेकपा (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पार्टी एकता गर्ने निर्णय गरेको छ।

सोमबार बसेको स्थायी कमिटी बैठकले एकताको प्रस्ताव पारित गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता तथा उपाध्यक्ष अग्निप्रसाद सापकोटाले चन्द समूहसँग पार्टी एकताका लागि वार्ता प्रक्रिया अघि बढाउने निर्णय भएको जानकारी दिए।

उनका अनुसार दुवै पक्षबीच वार्ता टोली गठन गरेर छिट्टै छलफल थालिनेछ। उनले भने, “विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको छ। छिट्टै वार्ता सम्पन्न गर्ने समिति बनाएर छलफल अघि बढाइनेछ।”

साथै, बैठकमा आन्तरिक संगठनात्मक विषयहरूबारे पनि स्तरीय छलफल भएको प्रवक्ता सापकोटाले जानकारी दिए।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, माओवादी आन्दोलनबाट विभाजित भई बनेको पार्टी हो।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स