सामाजिक अभियन्ता महावीर पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई पदबाट हटाउन माग गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश व्यक्त गर्दै उनले मन्त्री खड्काले दिनदहाडै अन्धकार छर्ने कार्य गरेको आरोप लगाए।
पुनका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसले मन्त्री खड्कालाई हटाउने कुनै संकेत दिएका छैनन्।
उनले लेखेका छन्, “ऊर्जामन्त्री जस्तो दिउँसै रात पार्ने व्यक्तिलाई यदि संयुक्त बृहत् जनआन्दोलनमार्फत नहटाउने हो भने देश डुब्नेछ। यस्ता दुष्ट व्यक्ति हटाउनु कांग्रेस पार्टी वा प्रधानमन्त्रीको जिम्मेवारी हो। तर उनीहरूले हटाउने कुनै छाँटकाँट देखिएको छैन। अब बृहत् जनआन्दोलन नै अन्तिम विकल्प देखिन्छ।”

प्रतिकृया