महानगर यातायात प्रालिले सेवा विस्तार गर्दै आज (बिहीबार) देखि थप ४० वटा नयाँ बस सञ्चालनमा ल्याएको छ। २० करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएका यी बसहरू ३२ सिट क्षमताका र ८.५ मिटर लम्बाइका छन्।
यी बसहरू चन्द्रागिरीदेखि नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, बनेपा हुँदै धुलिखेल अस्पतालसम्म सेवा दिने छन्।
नयाँ बस थपिएसँगै महानगर यातायातको बस संख्या ८९ पुगेको छ।
यसबाहेक, महानगर यातायातले आफ्नो संरचना पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्दै छिट्टै आइपीओ जारी गर्ने घोषणा गरेको छ।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया