महालक्ष्मी विकास बैंकले २४औँ वार्षिक साधारणसभा पुस २१ मा बस्ने गरी आह्वान गरेको छ। मंसिर २४ गतेको सञ्चालक समिति बैठकले साधारणसभाको मिति टुंग्याएको हो। साधारणसभाले हाल कायम चुक्ता पुँजीको ५.३७ प्रतिशत नगद लाभांश (करसमेत) र ५ प्रतिशत बोनस सेयर गरी कुल १०.३७ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ।
सभाको एजेन्डाअनुसार गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाहसम्बन्धी वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने व्यवस्था गरिएको छ।
यसैगरी, साधारणसभाले संस्थापक र सर्वसाधारण समूहबाट ३/३ गरी ६ जना सञ्चालक निर्वाचन गर्ने, कर्पोरेट भवन निर्माण वा जग्गा/भवन खरिद गर्ने, र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ७ गते बुक क्लोज गर्ने पनि सूचनामा उल्लेख छ।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया