महाविर पुनको चुनावी खर्च २८ लाख बढी, के मा कति खर्च ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २९ गते
महाविर पुनको चुनावी खर्च २८ लाख बढी, के मा कति खर्च ?

म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित महाविर पुनले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गरेका छन्। उनले उक्त विवरण जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा बुझाएका हुन्। विवरणअनुसार पुनले निर्वाचनमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च गरेको उल्लेख गरिएको छ।

खर्च विवरणअनुसार मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ, मतदाता नामावली खरिदमा ३ हजार रुपैयाँ, प्रचारप्रसार सामग्री खरिदमा २ लाख ९० हजार ५७५ रुपैयाँ, यातायात तथा सवारी मर्मतमा ६ लाख ६० हजार ९९८ रुपैयाँ खर्च भएको छ। त्यस्तै चालक ज्यालामा १ लाख ४० हजार रुपैयाँ, होटल बास तथा खानामा १३ लाख ७ हजार ६१९ रुपैयाँ, डिजेल खर्चमा ३ लाख ६० हजार ४९९ रुपैयाँ, स्टेशनरीमा २५ हजार ३०० रुपैयाँ तथा विविध खर्चमा ७० हजार ८७७ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

निर्वाचन परिणामअनुसार पुन १४ हजार ९३१ मतान्तरले विजयी भएका थिए। उनले २२ हजार ८५० मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१२ मत प्राप्त गरेका थिए।

Mahabir pun 1081x1536 1 https://bajarkochirfar.com/mahabir-puns-election-expenses-exceeded-2-8-million-how-much-was-spent-on-what | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स