नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता गर्ने सहमति भएको छ। शुक्रबार अध्यक्ष माधवकुमार नेपाल र वामदेव गौतमले पार्टी एकता सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
एकीकृत समाजवादीका उपाध्यक्ष गंगालाल तुलाधरका अनुसार आलोकनगरस्थित पार्टी कार्यालयमा सहमतिपत्रमा हस्ताक्षर गरिएको हो। दुबै पक्षबीच राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम र रणनीतिमा समानता रहेको भन्दै एकता आवश्यक ठहर गरिएको छ।
पार्टी एकताको औपचारिक घोषणा साउन २ गते गर्ने सहमति भएको छ।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया