माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा १६.९५ प्रतिशतले घटेर ४१ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी घट्नु र इम्पेयरमेन्ट चार्ज बढ्नु नाफा घट्ने मुख्य कारण हुन्।
🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट
पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १.६० प्रतिशतले घटेर १ अर्ब ४५ करोड रुपैयाँमा सिमित भएको छ। यस्तै, कुल सञ्चालन आम्दानी ६.२७ प्रतिशतले २ अर्ब ५ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४०.१५ प्रतिशतले घटेर ५९ करोड ८३ लाख रुपैयाँमा सिमित भएको छ।
इम्पेयरमेन्ट चार्ज ४ करोड ३४ लाख रुपैयाँ ऋणात्मकबाट बढेर बढेर ४६ करोड ८ लाख रुपैयाँ पुगेको छ।यता बैंकको खराब कर्जा आनुपात ०.९८ प्रतिशतबिन्दुले बढेर ४.१३ प्रतिशत पुगेको छ।
बैंकको वितरणयोग्य मुनाफा ११ करोड ४२ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७८ पैसा ऋणात्मक रहेको छ। गत बर्ष वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड र वितरणयोग्य प्रतिसेयर आम्दानी १२ रुपैयाँ २७ पैसा थियो।
१२ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ। बैंकले असोज मसान्तसम्ममा १ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८३ पैसा घटेर १३ रुपैयाँ ८३ पैसामा सीमित भएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ६० पैसा र मूल्य आम्दानी अनुपात १५.१४ गुणा रहेको छ।


प्रतिकृया