मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ। मतदानको ४८ घण्टाअघि लागू हुने यो अवधिमा उम्मेदवार वा व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्न पाउने छैनन्। आयोगले मौन अवधिको पालना सुनिश्चित गर्न सूक्ष्म अनुगमन गर्नेछ।
आगामी आइतबार ३३ जिल्लाका ४४ पदका लागि निर्वाचन हुँदैछ। मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएको छ। दुई लाख २६ हजार ७९९ मतदाता रहेको निर्वाचनमा ४१ पदका लागि मतदान हुनेछ। कांग्रेसका दुई र माओवादीका एक उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया