लिलामीमा आउँदै एलआईसी नेपालको अवितरित हकप्रद सेयर, न्यूनतम मूल्य कति?

लिलामीमा आउँदै एलआईसी नेपालको अवितरित हकप्रद सेयर, न्यूनतम मूल्य कति?
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले माघ २१ गतेबाट ४ लाख ९२ हजार ५७७ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।

यसअघि कम्पनीले आफ्ना सेयरधनीहरूलाई चुक्तापूँजी १ः०.८८४५ अनुपातमा अर्थात ८८.४५ प्रतिशत हकप्रद सेयरबिक्री खुला गरेको थियो। उक्त हकप्रद बिक्रीपछि बाँकी रहेका सर्वसाधारण समूहका ४ लाख ९२ हजार ५७७ कित्ता सेयर अब लिलामी मार्फत बिक्रीमा राखिनेछ। इच्छुक व्यक्ति वा संस्थाले यी सेयर खरिदका लागि बोलपत्र पेश गर्न सक्नेछन्। बोलपत्र पेश गर्ने म्याद फागुन ५ गतेसम्म तोकिएको छ।

लिलामीमा राखिएका सेयरहरूको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा त्यसभन्दा माथि बोलकबोल गर्न सक्नेछन्। सेयर खरिदका लागि न्यूनतम १०० कित्ताको आवेदन दिनुपर्नेछ, भने अधिकतम कित्ताका लागि कुनै सीमा तोकिएको छैन। बोलपत्र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, काठमाडौंको पुतलीसडकस्थित एलआईसी नेपालको केन्द्रीय कार्यालय, तथा कम्पनीका शाखा कार्यालयहरू : विराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, बुटवल, सुर्खेत, र धनगढीमा पेश गर्न सकिनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स