लीपफ्रगले ‘डिजाइन डिस्को’को चौथो संस्करण सफलतापूर्वक सम्पन्न गर्यो

लीपफ्रगले ‘डिजाइन डिस्को’को चौथो संस्करण सफलतापूर्वक सम्पन्न गर्यो

स्टार्टअपदेखि ठूला कम्पनीसम्मका लागि प्रविधि र एआई पार्टनरका रूपमा चिनिने लीपफ्रग टेक्नोलोजीले आफ्नो प्रमुख डिजाइन कार्यक्रम डिजाइन डिस्कोको चौथो संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ। एडब्लुएस (AWS) को सहकार्यमा आयोजित सो कार्यक्रम काठमाडौंको ठमेलस्थित सुपर क्लबमा भएको थियो, जसमा १५० भन्दा बढी सहभागी उपस्थित थिए।

Design Disco Leapfrog 2025 4 scaled https://bajarkochirfar.com/leapfrog-successfully-completes-the-fourth-edition-of-design-disco | %tags

कार्यक्रममा लीपफ्रग टेक्नोलोजीका डिजाइन निर्देशक अभाष विक्रम थापा, माइक्रोसफ्टकी सिनियर प्रोडक्ट डिजाइनर जयश्री नागराले, वर्ल्ड वी डिजायरकी संस्थापक दिप्शिखा यादव, र एड क्लब अफ नेपालका गभर्नर बिधान राजभण्डारी वक्ता रहेका थिए।

Design Disco Leapfrog 2025 2 scaled https://bajarkochirfar.com/leapfrog-successfully-completes-the-fourth-edition-of-design-disco | %tags

यसपटकको विषयवस्तु “The Digital Me” रहेको थियो। कार्यक्रममा व्यक्तिगतिकरण (personalization), प्रसंगअनुरूपको अनुभव (context-aware experiences), स्थानिक डिजाइन (spatial design) र इनभिजिबल इन्टरफेसले कसरी प्रविधिसँगको हाम्रो सम्बन्धलाई फेरि परिभाषित गर्दैछन् भन्ने बिषयमा छलफल भयो। कार्यक्रममा AI लाई साधनभन्दा पर गएर ‘Agentic Experience’ मा रूपान्तरण गर्ने विषयमा जोड दिइयो। यसले प्रयोगकर्ताको अनुभवलाई आफ्नै अंगसरह बनाउन सक्ने र डिजाइनरलाई कोड नजानेर पनि एआईको आधारभूत ज्ञान र जिज्ञासाबाटै महत्वाकांक्षी प्रोजेक्ट अगाडि बढाउन सक्ने सम्भावनाबारे चर्चा भयो।

Design Disco Leapfrog 2025 scaled https://bajarkochirfar.com/leapfrog-successfully-completes-the-fourth-edition-of-design-disco | %tags

मुख्य वक्ता तथा आयोजक टिम लिडर अभाष विक्रम थापाले भने, “ विशेषगरी एआई मिसिँदा डिजाइन अब केवल स्क्रिनमा देखिने कुरामा मात्र सीमित छैन; यो अब अनुभवजन्य संलग्नता (experiential engagement) सम्म पुगेको छ। यस वर्षको सहभागिताले अघिल्ला तीन संस्करणको भन्दा धेरै सफलता देखायो भन्नेमा हामी उत्साहित छौँ। मलाई विश्वास छ, यो कार्यक्रममा नवप्रवर्तन, जिज्ञासा र सहकार्यलाई सफलतापूर्वक जोडियो र मानव–केन्द्रित डिजिटल डिजाइनको नयाँ चरणमा प्रकाश पारेको छ।”

Stay Updated With 3 https://bajarkochirfar.com/leapfrog-successfully-completes-the-fourth-edition-of-design-disco | %tags

त्यसैगरी वक्ता दिप्शिखा यादवले, “यो सम्मेलनका सबै कुरा निकै सोचेर डिजाइन गरिएको जस्तो लाग्यो। विशेषगरी स्थान (venue) निकै रमाइलो लाग्यो: शुरुदेखि नै सकारात्मक माहोल सिर्जना भएको थियो। प्रस्तुतिका चारवटै विषयले एकअर्कालाई राम्रोसँग पूरक बने। ‘The Digital Me’ भन्ने शीर्षकले पहुँच (accessibility) देखि मार्केटिङसम्मका विभिन्न आयामलाई समेट्यो। मलाई वातावरण मन पर्‍यो, श्रोता मन परे, र अवधि पनि एकदमै मिलेको थियो।” बताइन्।

नेपालको डिजाइन समुदायका लागि महत्त्वपूर्ण मञ्चका रूपमा चिनिने डिजाइन डिस्कोले हरेक वर्ष सिर्जनशील व्यक्तिहरुलाई एउटै थलोमा ल्याउने गर्छ। यसमा थेमाटिक प्रस्तुति, आकर्षक प्रेजेन्टेशन र नेटवर्किङका माध्यमबाट डिजाइन, विकास र डिजाइन थिंकिङ क्षेत्रका जनशक्ति हरुलाई जोड्दै आएको छ।

लीपफ्रग टेक्नोलोजीबारे

लीपफ्रग टेक्नोलोजी हेल्थकेयर, फिनटेक, एज–टेक र कन्स्ट्रक्सनसहितका क्षेत्रमा सेवा दिने कम्पनी हो। कम्पनीले GenAI, DevOps, प्रोडक्ट इञ्जिनियरिङ, डेटा र क्लाउड क्षेत्रमा विशेष अनुभव राख्छ। नवप्रवर्तन, गुणस्तर र जिम्मेवार प्रविधि अभ्यासमा जोड दिँदै कम्पनीले आफ्ना उत्कृष्ट प्राविधिक जनशक्तिका माध्यमबाट विश्वभरका उद्यमलाई रूपान्तरण गर्ने लक्ष्य लिएको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स