पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित भई बयान दिइरहेका छन्। बयानपछि सरकारी वकिल र नेपालका कानुन व्यवसायीबीच बहस हुनेछ। अख्तियारको तर्फबाट मोहन सागर बश्यालको नेतृत्वमा सरकारी वकिल टोली र वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गर्नेछन्।
अख्तियारले सहन्यायाधीवक्ताको नेतृत्वमा थप वकिल पनि पठाउने तयारी गरेको छ। नेपालका पक्षमा १२० भन्दा बढी कानुन व्यवसायीले वकालतनामा भरेका छन्, जसमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, शम्भु थापा, गोविन्द बन्दी लगायत छन्। यद्यपि, समय सीमित भएकाले दुवै पक्षका सीमित वकिलहरूले मात्र आजको थुनछेक बहसमा भाग लिनेछन्।


















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

प्रतिकृया