केटिएम हस्पिटालिटी लिमिटेड र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडबीच प्राथमिक सेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ। केटिएम ग्रुप होल्डिङ्ग्स अन्तर्गत सञ्चालित, ४५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको केटिएम हस्पिटालिटीले १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता प्राथमिक सेयर, प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा निष्काशन गर्न आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।
सम्झौतापत्रमा केटिएम हस्पिटालिटीका अध्यक्ष तथा प्रमुख कार्यकारी रामेश्वर शाह र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्। सम्झौता राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको मुख्य कार्यालय, काठमाडौँमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालको उपस्थितिमा सम्पन्न भएको हो।
केटिएम हस्पिटालिटी लिमिटेडले फ्रान्सको प्रतिष्ठित लुभ्र होटल्स समूह अन्तर्गतको एक लक्जरी पाँचतारे रिसोर्ट “द रोयल ट्युलिप” चितवनमा सञ्चालन गर्ने तयारी गरिरहेको छ। आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड भने राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा रहेको संस्था हो।







![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)


![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-768x432.jpg)



![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-768x432.jpg)

![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)



प्रतिकृया