नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका सबै नेताहरू आफ्नो पार्टीमा सामेल हुने दाबी गरेका छन्।बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि उनले यो दाबी गरेका हुन्। दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘हावादारी कुरा’ गर्ने र एमाले छोडेर सबै नेताहरू नेपाली कम्युनिष्ट पार्टीमा आउने बताए।
उनले थपे, “१२ वटा समूह एक ठाउँमा आइसक्यौँ। केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन्।” गत कार्तिक १९ गते, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न राजनीतिक दल र समूहहरूले नेपाली कम्युनिष्ट पार्टीमा एकीकरण गरिसकेका छन्।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया