काठमाडौं महानगरपालिकाले सामाजिक विकास विभागद्वारा आर्थिक वर्ष २०८१/८२ को ‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’ योजनाअन्तर्गत निःशुल्क व्यावसायिक तथा सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ।
महानगरपालिकाले काष्ठकला, मूर्तिकला, तथा हस्तकलासम्बन्धी तीन महिनाको तालिम सञ्चालन गर्नेछ। न्यूनतम आठ कक्षा उत्तीर्ण भई १८ देखि ४५ वर्ष उमेर समूहका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। इच्छुक व्यक्तिहरूले २०८१ फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्। छनोट भएका ६० जनाले तालिममा सहभागी हुन पाउनेछन्।
आवेदन फाराम अनलाइनमार्फत [यहाँ](https://shorturl.at/C3mXP) वा कमलादीस्थित नगर कार्यपालिकाको कार्यालय (भुइँ तल्ला, एकल सेवा केन्द्र) मा बुझाउन सकिनेछ।





















प्रतिकृया