रोडमा माटो र हिलो खसाल्नेलाई काठमाडौं महानगरले तिरायो जरिवाना

रोडमा माटो र हिलो खसाल्नेलाई काठमाडौं महानगरले तिरायो जरिवाना

काठमाडौं महानगरपालिकाले सडक क्षेत्रमा फोहोर फैलाउने एक व्यक्तिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

महानगरका अनुसार काठमाडौं महानगर–१, नक्सालस्थित सडकमा निर्माण सामग्री ढुवानीका क्रममा सडकभरि माटो र हिलो खसालेर सार्वजनिक क्षेत्र फोहोर पारिएको थियो।

ना २ ख ४२८ नम्बरको गाडीमार्फत निर्माण सामग्री ओसारपसार गर्दा सडक प्रदूषित बनाएको भन्दै महानगरले कविन्द्र झालाई ५० हजार रुपैयाँ जरिवाना गरेको हो।

सडक क्षेत्र फोहोर बनाउने गतिविधि बढेपछि महानगरले पछिल्लो समय यस्ता घटनामाथि कडा निगरानी राख्दै तत्कालै कारबाही प्रक्रिया अघि बढाउँदै आएको छ।

mahanagar notice e1779960923442 https://bajarkochirfar.com/kathmandu-metropolitan-city-fines-those-who-dumped-soil-and-mud-on-the-road | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स