काठमाडौँ जिल्ला अदालतले छविलाल जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको ५ करोड ७८ लाख ९६ हजार ४८० रुपैयाँ अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले सोमबार आदेश जारी गरेको हो। जोशीले धरौटी बुझाइसकेका छन्।
यसअघि कास्कीको सुर्यदर्शन सहकारी प्रकरणमा पनि उनलाई ८८ लाख धरौटीमा रिहा गरिएको थियो।