हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ आइतबार बिहानदेखि अवरूद्ध भएको छ। लगातारको वर्षाले बागमती खोलामा बनाइएको डाइभर्सन बगाएपछि सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
भिमफेदी गाउँपालिका–८ (मकवानपुर) र बागमती गाउँपालिका–२ (ललितपुर) को सीमामा रहेको खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको थियो। तर बिहान ६:१५ बजे ललितपुरतर्फको डाइभर्सन बगाएपछि सवारी आवतजावत पूर्ण रूपमा रोकिएको हो।
डाइभर्सन बगाएको स्थानमा प्रहरी टोली पुगेको छ र सडक खुलाउने प्रयास भइरहेको छ। हाललाई हेटौंडाबाट काठमाडौं जानुपर्ने यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।















प्रतिकृया