कामना सेवा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा भोलि (असोज २४ गते) बिहान ११ बजे नक्सालस्थित लिसारा रिसेप्सनमा बस्ने भएको छ। सभामा चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।
साथै, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने, संस्थापक र सर्वसाधारण तर्फबाट तीन–तीन जना गरी छ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गरिनेछ। गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गरी चालू वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा छ।
बैंकले असोज ८ गते बुक क्लोज गरिसकेकोले असोज ७ गतेसम्मका सेयरधनी मात्र सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन्।




















प्रतिकृया