कामना सेवा विकास बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो लाभांश लिन बाँकी रहेका सेयरधनीहरूलाई यथाशीघ्र बुझिलिन आग्रह गरेको छ। बैंकको २०७६ साल पुस १७ गते सम्पन्न तेह्रौं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश कतिपय सेयरधनीहरूले हालसम्म पनि नलिएको बैंकले जनाएको छ।
सेयरधनीहरूलाई आगामी एक महिनाभित्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेड (सेयर रजिष्ट्रार) मा सम्पर्क गरी बाँकी लाभांश बुझ्न अनुरोध गरिएको छ। बैंकले प्रचलित कानुनअनुसार पाँच वर्षभित्र नबुझाइएको लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने प्रावधान रहेको जानकारी गराएको छ।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया