SHAREHUBSHAREHUB

जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार ३२ गते
AdvertisementAds
जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन
AdvertisementAds

जनता समाजवादी पार्टी (जसपा) नेपालले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको संसदीय दल बैठकले समर्थन फिर्ता गर्ने निर्णय गरेको हो।

यसअघि नै कार्यकारिणी समितिले समर्थन फिर्ता गर्ने निर्णय गरिसकेको थियो। त्यसबीचमा जसपा नेताहरूले प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेका थिए।

भेटमा भूमि विधेयक, सत्ता सहकार्य लगायतका विषयमा छलफल भए पनि जसपाले आफ्नो अडान परिवर्तन गरेन। अन्ततः अडानमै अडिग रहँदै संसदीय दलले समर्थन फिर्ताको निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स