insta insta

सानिमा क्यापिटलमा जागिर खाने अवसर, सेयरबजारमा अनुभव भएकालाई प्राथमिकता दिइने

सानिमा क्यापिटलमा जागिर खाने अवसर, सेयरबजारमा अनुभव भएकालाई प्राथमिकता दिइने
Advertisement Ads

सानिमा बैंक लिमिटेडको सहायक कम्पनी सानिमा क्यापिटलले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ। जुनियर असिस्टेन्टदेखि सिनियर असिस्टेन्ट सम्मका ७ पद र सुपरभाइजरदेखि सिनियर अफिसर सम्मका ४ पदका लागि आवेदन खुला गरिएको छ।

जुनियर असिस्टेन्टका लागि स्नातक तह उत्तीर्ण र कम्तीमा एक वर्षको अनुभव आवश्यक छ भने सिनियर असिस्टेन्टका लागि दुई वर्षको अनुभव हुनु पर्नेछ। सुपरभाइजरदेखि सिनियर अफिसरका लागि स्नातकोत्तर तह उत्तीर्ण वा सीए/एसीसीए/सीएफएसँग चार वर्षको सम्बन्धित क्षेत्रको अनुभव अनिवार्य छ।

नेपालको पुँजी बजारमा अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। असिस्टेन्ट तहका लागि उमेर सीमा ३५ वर्ष र सुपरभाइजर तहका लागि ४० वर्ष तोकिएको छ, जसको गणना २०२४ डिसेम्बर १८ सम्म गरिनेछ।

आवेदन दिने अन्तिम म्याद पुष ३ गते (डिसेम्बर १८, २०२४) बेलुका ५ः०० बजे सम्म रहेको छ।

website 1833612877 https://bajarkochirfar.com/job-opportunity-in-sanima-capital-preference-will-be-given-to-those-with-experience-in-stock-market | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स