कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आफ्नो दैनिक कार्य सञ्चालनको लागि करारमा कर्मचारी माग गरेको छ। सोमबार प्रकाशित सूचना अनुसार, समितिले तह ६ का लागि २१ वर्ष पूरा गरेका, र तह ४ तथा तहविहीन कर्मचारी पदका लागि १८ वर्ष पुरा गरेका उम्मेदवारहरूलाई आवदेन गर्न आह्वान गरेको हो।
समितिको आवदेन प्रक्रियामा पुरुष उम्मेदवारहरूको उमेर सीमा ३५ वर्ष र महिला तथा अपाङ्गता भएका उम्मेदवारहरूको उमेर सीमा ४० वर्ष राखिएको छ। साथै, उम्मेदवारले भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरी बर्खास्तीको सजाय नपाएको, फौजदारी अभियोगमा अदालतले कसुरदार ठहर नगरेको र नैतिक पतन नदेखाएको हुनु आवश्यक छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिदेखि २१ दिन भित्र समितिको कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ।


प्रतिकृया