राजर्षि जनक विश्वविद्यालयमा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

राजर्षि जनक विश्वविद्यालयमा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

राजर्षि जनक विश्वविद्यालयले सहप्राध्यापक, उपप्राध्यापक तथा विभिन्न पदका कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। विश्वविद्यालयले शुक्रबार सूचना जारी गर्दै विभिन्न विषयमा ४ जना सहप्राध्यापक, १९ जना उपप्राध्यापक तथा ११ पदका लागि १३ जना कर्मचारी माग गरेको जनाएको छ।

सूचनाअनुसार व्यवस्थापन, कम्प्युटर साइन्स, क्लिनिकल, कानुन, जनस्वास्थ्य, अंग्रेजी, अर्थशास्त्र, तथ्यांकशास्त्र, सिभिल इन्जिनियरिङ लगायतका विषयमा सहप्राध्यापक तथा उपप्राध्यापक पदका लागि आवेदन माग गरिएको हो।

त्यसैगरी शाखा अधिकृत, लेखा अधिकृत, प्राविधिक अधिकृत, मुख्य कार्यालय सहयोगी लगायतका पदमा कर्मचारी नियुक्त गरिनेछ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले माघ २ गतेदेखि फागुन ७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। तोकिएको म्यादभित्र आवेदन दिन नसक्नेले दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

दरखास्त शुल्क सहप्राध्यापक पदका लागि ४ हजार ५०० रुपैयाँ र उपप्राध्यापक पदका लागि ४ हजार रुपैयाँ तोकिएको छ। कर्मचारीतर्फ अधिकृतस्तरका लागि ३ हजार, सहायक वा सोसरह पदका लागि २ हजार ५०० तथा सहायकस्तरका लागि २ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

rajarshi janak 1768527221 scaled e1768535625510 https://bajarkochirfar.com/job-openings-have-been-opened-at-rajarshi-janak-university-for-which-positions-can-i-apply | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स