नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले नेपालका अधिकांश कम्युनिस्ट प्रधानमन्त्रीहरू विचौलिया र कमिसनखोर प्रवृत्तिबाट मुक्त रहन नसकेको स्पष्ट पारेका छन्।
मार्क्सवादी अध्ययन केन्द्रले आयोजना गरेको पुष्पलाल स्मृति दिवसको कार्यक्रममा बोल्दै शर्माले नेपालमा अहिलेसम्म ९ पटक कम्युनिस्ट नेतृत्वमा सरकार बने पनि ती सरकारले सिद्धान्त अनुसार काम गर्न नसकेको बताए।
उनले भने, “प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसैमा रोकिन्छ। तर, हाम्रो नेतृत्वमा यस्तो संकल्प देखिएन। दुःखका साथ भन्नुपर्छ— मनमोहन अधिकारीबाहेक अन्य कम्युनिस्ट नेताहरूले असुली धन्दा गरिरहेकै छन्। यो आरोप होइन, यथार्थ हो।”
शर्माले वर्तमान कानुन र संरचना दलाल पुँजीपतिहरूको पक्षमा काम गर्ने खालका भएको उल्लेख गर्दै राज्य पुनःसंरचनाको एजेण्डा पनि सत्ताको लागि कम्युनिस्टहरूले बिसरिएकाे आरोप लगाए।
उनले समाजवाद निर्माण गर्ने संवैधानिक दायित्व पूरा गर्नसमेत नेपालका कम्युनिस्ट असफल भएको स्वीकार गरे।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया