सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले चालु आर्थिक वर्षका लागि डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताको मेरो सेयर खाता साउन १५ गतेदेखि रोक्का राख्ने निर्णय गरेको छ।सीडीएससीले एक सूचना जारी गर्दै सवै हितग्राहीहरूलाई समयमै वार्षिक शुल्क बुझाई डिम्याट खाता नवीकरण गर्न आग्रह गरेको छ।
निर्धारित समयभित्र नवीकरण नगरेमा आईपीओ, हकप्रद, डिबेन्चर लगायतका सेयर कारोबारमा सहभागी हुन पाउने सेवा रोक्का हुने स्पष्ट पारिएको छ। हाल मेरो सेयर प्रणालीमार्फत लगानीकर्ताहरू विभिन्न सेयर कारोबारमा सहभागी हुँदै आएका छन्। तर, नविकरण नगरेमा सो सेवा लिन नपाउने स्थिति आउन सक्ने भएकाले सीडीएससीले पुनः सूचना जारी गर्दै सचेत गराएको हो।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया