स्वदेशी निजी क्षेत्रबाट निर्माण हुन लागेको सबैभन्दा ठूलो जलविद्युत् आयोजना बूढीगण्डकी (३४१ मेगावाट) मा ७० अर्ब रुपैयाँ लगानी जुटेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा नबिल, लक्ष्मी सनराइज, ग्लोबल आइएमईलगायत १० बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्नेछन्। कुल लागत ७० अर्ब रुपैयाँमध्ये ७५% (५२.५० अर्ब) ऋण र २५% (१७.५० अर्ब) स्वपुँजी रहनेछ।
स्वपुँजीको नेतृत्व साहास ऊर्जाले लिनेछ, जसको प्रवद्र्धक कम्पनी टाइम्स इनर्जी हो। गोरखाको चुम नुब्री र धार्चे गाउँपालिकामा बन्ने आयोजना आंशिक जलाशययुक्त पी–आरओआर प्रणालीमा आधारित हुनेछ। यहाँ दैनिक ५ घन्टा उत्पादन हुने गरी जलाशय बनाइनेछ र भूमिगत विद्युतगृहमा ५७ मेगावाट क्षमताका ६ पेल्टन टर्बाइन जडान गरिनेछन्।
कम्पनीले २०८७ पुस १५ गतेदेखि व्यावसायिक उत्पादन गर्ने लक्ष्य लिएको छ, जसबाट वार्षिक १८६७ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ। उत्पादित विद्युत् ४५ किलोमिटर लामो २२० केभी प्रसारण लाइनमार्फत रातमाटे सबस्टेसनमा जोडिनेछ। यो आयोजना निजी क्षेत्रकै अहिलेसम्मकै सबैभन्दा ठूलो हो।





















![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)
प्रतिकृया