SHAREHUB SHAREHUB

पक्राउ परेका नेकपाका उम्मेदवार चौधरी सहित ४ जनामाथि अनुसन्धान सुरु

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २० गते
Advertisement Ads
पक्राउ परेका नेकपाका उम्मेदवार चौधरी सहित ४ जनामाथि अनुसन्धान सुरु
Advertisement Ads

पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनोज चौधरी बमसहित पक्राउ परेका छन्। चौधरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग सम्बन्धित छन् र उनलाई पर्सागढी नगरपालिका बढनिहारबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीले जानकारी दिएको अनुसार, चौधरी बा १० च १२५० नम्बरको गाडीमा सवार थिए र शंकास्पद वस्तु देखिएपछि गरिएको जाँचमा गाडीमा ‘होक्सी बम’ फेला परेको थियो। फेला परेको बम नेपाली सेनाको टोलीमार्फत डिस्पोज गरिएको छ।

चौधरीसँगै सहाव आलम अन्सारी (२६, बारा), सुरज कार्की (३०, धनुषा) र सत्यनारायण थारु (६८, पर्सा) पनि पक्राउ परेका छन्। उनीहरूमाथि विस्फोटक पदार्थसम्बन्धी कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर, र निर्वाचनसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

चौधरीमाथि निर्वाचन ऐन २०७३ र मुलुकी फौजदारी संहिताअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ भने उनी सवार गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

642119269 983844440883185 8804258162945099688 n https://bajarkochirfar.com/investigation-begins-against-arrested-ncp-candidate-chaudhary-and-4-others | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स