पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले गर्यो इन्कार, के भन्यो ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २३ गते
पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले गर्यो इन्कार, के भन्यो ?

इन्टरपोलले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा विरुद्ध रेड नोटिस जारीगर्न अस्वीकार गर्दै थप कागजात माग गरेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा जिल्ला अदालत काठमाडौंले २०८२ चैत २४ गते देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि विभागले प्रहरीमार्फत इन्टरपोललाई रेड नोटिस जारी गर्न अनुरोध पठाएको थियो। तर आवश्यक कागजात तथा आधार नपुगेको भन्दै इन्टरपोलले रेड नोटिस जारी नगरेको हो। इन्टरपोलले थप आवश्यक कागजात माग गरेको अनलाइन खबरले उल्लेख गरेको छ।

देउवा दम्पती हाल हङकङमा रहेको बताइन्छ। यसअघि २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा निवासमा आक्रमण भएपछि उनीहरू उपचारका लागि विदेश गएका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स