फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा ६.३४ प्रतिशतले घटेर १३ करोड १७ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी तथा फि तथा कमिशन आम्दानी घट्नु नाफा घट्नुको प्रमुख कारण हो।
चौथो त्रैमाससम्ममा फर्स्ट माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी ३१.८१ प्रतिशतले घटेर २१ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ भने सञ्चालन आम्दानी ३४.११ प्रतिशतले घटेर २१ करोड ६९ लाख रुपैयाँमा झरेको छ। यता, इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्ष ऋणात्मक ४ करोड ८७ लाख रुपैयाँबाट बढेर यस वर्ष ४ करोड ५८ लाख रुपैयाँमा पुगेको छ।
लघुवित्तको खराब कर्जा अनुपात ०.६८ प्रतिशतबिन्दुले बढेर ३.८४ प्रतिशत पुगेको छ।
समीक्षा अवधिमा लघुवित्तले ४ अर्ब ९० करोड ९६ लाख रुपैयाँ सापटी संकलन गरी ६ अर्ब ९ करोड ७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
१ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको वितरणयोग्य नाफा १० करोड ७८ लाख रुपैयाँ र जगेडा कोषमा ४२ करोड २ लाख रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६० पैसाले घटेर ९ रुपैयाँ ७९ पैसामा सीमित भएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ २५ पैसा रहेको छ।
फर्स्ट माइक्रोफाइनान्सको वितरणयोग्य प्रतिसेयर आम्दानी ८ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (PE Ratio) ८१.५८ गुणा रहेको छ। त्यस्तै, लघुवित्तको आधार दर (Base Rate) ७.५८ प्रतिशतमा सीमित भएको छ।
अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।


प्रतिकृया