SHAREHUB SHAREHUB

महँगी घट्दो क्रममा तर तरकारी, फलफूल र शिक्षामा भने मूल्यवृद्धि उच्च

Advertisement Ads
महँगी घट्दो क्रममा तर तरकारी, फलफूल र शिक्षामा भने मूल्यवृद्धि उच्च
Advertisement Ads

चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म समग्र महँगी केही कम देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार औसत उपभोक्ता मुद्रास्फीति २.१३ प्रतिशतमा झरेको छ। गत वर्ष यही अवधिमा यस्तो महँगी ४.७२ प्रतिशत थियो।

खाद्य तथा खाद्यजन्य पदार्थ, दाल तथा गेडागुडी र मरमसलाको मूल्य घटेका कारण समग्र महँगी कम भएको अर्थ मन्त्रालयले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा केही खाद्य वस्तुको मूल्य स्थिर रहनु, आपूर्ति सहज हुनु र बजारमा वस्तुको उपलब्धता बढ्नुले पनि महँगी घटाउन सहयोग पुगेको देखिन्छ।

यद्यपि दैनिक उपभोगका केही वस्तु तथा सेवाको मूल्य भने अझै उच्च दरमा बढेको छ। वार्षिक विन्दुगत आधारमा फागुनसम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६३ प्रतिशत रहेको छ।

तरकारीको मूल्य ११ प्रतिशतले बढेको छ। त्यस्तै घिउ तथा तेलको मूल्य ९.९ प्रतिशतले बढेको छ। फलफूलको मूल्य पनि ९.६ प्रतिशतले बढेको छ।

सेवा क्षेत्रतर्फ शिक्षामा ७.५ प्रतिशतको उच्च मूल्यवृद्धि देखिएको छ। विद्यालय तथा कलेज शुल्क, अध्ययन सामग्री र अन्य शैक्षिक सेवाको खर्च बढ्दा शिक्षा महँगिएको हो।

Advertisement Ads

त्यस्तै मासु तथा माछामा ५ प्रतिशत, मदिराजन्य पेय पदार्थमा ४.८ प्रतिशत तथा कपडा र जुत्ताचप्पलमा ४.७ प्रतिशतले मूल्यवृद्धि भएको छ।

यता केही वस्तुको मूल्य भने घटेको छ। दाल तथा गेडागुडीको मूल्य ३.७ प्रतिशतले घटेको छ।खाद्य तथा खाद्यजन्य पदार्थमा २.२ प्रतिशत तथा मरमसलामा २ प्रतिशतले मूल्य कमी आएको छ।

क्षेत्रगत रूपमा हेर्दा तराईमा सबैभन्दा बढी ४.११ प्रतिशत महँगी रहेको छ। काठमाडौं उपत्यकामा ३.६४ प्रतिशत, पहाडमा ३.११ प्रतिशत र हिमालमा २.८३ प्रतिशत मुद्रास्फीति रहेको तथ्यांकले देखाएको छ।

702465072 35852605807688323 5541170760348514397 n 1 https://bajarkochirfar.com/inflation-is-declining-but-prices-of-vegetables-fruits-and-education-are-rising-sharply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स