विराटनगरमा ढकालले भने, ‘सांस्कृतिक पक्ष जोगाएर पाथीभरा केबलकार बनाउन तयार छौँ’

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १२ गते
विराटनगरमा ढकालले भने, ‘सांस्कृतिक पक्ष जोगाएर पाथीभरा केबलकार बनाउन तयार छौँ’

पाथीभरा केबलकार निर्माणका लगानीकर्ता तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय सांस्कृतिक पक्षको संरक्षण गर्दै पाथीभरा केबलकारको निर्माण अघि बढाउन आफू तयार रहेको बताएका छन्।

विराटनगरमा कोसी प्रदेश लगानी सम्मेलनको सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघको कोसी शाखाले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै ढकालले कम्पनीको तर्फबाट सांस्कृतिक र धार्मिक पक्षको सम्मान गर्दै विकासको मार्गमा अघि बढ्नका लागि सबै पक्षसँग सहकार्य गर्न इच्छाशक्ति प्रकट गरे।

उनले भने, “संस्कृति प्रवर्द्धन र संरक्षण गरेर अगाडि बढ्न हामी तयार छौँ । कम्पनीको तर्फबाट समेत छलफल गरेर अघि बढ्ने कुरामा सकारात्मक छौँ ।”

ढकालले पहिचानवादी पक्षले उठाएका संस्कृति, धर्म, परम्परा र इतिहाससँग सम्बन्धित मुद्दामा आफू पनि संवेदनशील रहेको बताएका छन्।

पहिचानवादी पक्षले विरोध र संघर्ष गरेपछि सर्वोच्च अदालतले पाथीभरा केबलकारको निर्माण कार्य स्थगित गर्न आदेश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स