नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कुनै पनि बैंकले ग्राहकलाई ठगेको पाइएमा बिना छुट तुरुन्त कारबाही गरिने चेतावनी दिएका छन्। जनकपुरमा नेपाल उद्योग वाणिज्य महासंघ तथा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलमा उनले सर्वसाधारणको सम्पत्ति सुरक्षित राख्ने र बैंकको सेवा साना व्यवसायी तथा आममानिससम्म पुर्याउनेमा जोड दिएका थिए।
धनुषाका व्यापारीहरूले ऋण लिने क्रममा बैंकले विभिन्न बहाना बनाएर धितो लिलामी गर्ने गरेको गुनासो गरेपछि गभर्नर पौडेलले यस्तो चेतावनी दिएका हुन्। कार्यक्रममा सहभागी व्यवसायीहरूले बैंकले साना व्यापारी र किसानलाई बेवास्ता गर्ने, ऋणको पहुँच कठिन भएको लगायतका समस्या उठाएका थिए।
गभर्नर पौडेलले धनी र गरिबबीचको आर्थिक खाडल घटाउनु आफ्नो प्राथमिकता रहेको बताउँदै मौद्रिक नीति वित्त नीतिको मातहतमा चल्नुपर्ने र ‘कम नियम, बढी सुपरिवेक्षण’ नीति अवलम्बन गरिने बताए। बैंकको पैसा केवल धनी वर्गमा सीमित नहुनु र साना उद्यमीसम्म पुग्नुपर्छ भन्नेमा उनले विशेष जोड दिए।


















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

प्रतिकृया