धोकेबाज कांग्रेस-एमालेलाई फेरि विश्वास गर्दिन म जनतासँगै रमाइरहेको छु: प्रचण्ड



Advertisement
Ads

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेलाई फेरि विश्वास गर्न नसकिने अवस्था पुगेको संकेत गरेका छन्। दाङको राप्ती गाउँपालिकामा राप्ती आधारभूत अस्पतालको उद्घाटन कार्यक्रममा उनले पछिल्लो समय आफूले ठूलो धोका खाएको र अब धोकेबाजलाई विश्वास गर्न नसक्ने बताएका छन्।


Advertisement

प्रचण्डले सरकारमा जान हतारो नभएको र आफू जनताको बीचमा रमाइरहेको दाबी गरे। उनले भने, “पछिल्लो पटक मैले नराम्रो धोका खाएँ र धोकेबाजलाई विश्वास गर्न मन छैन। सरकारमा जान हतारो छैन, म जागरण अभियानलाई उचाइमा पुर्याउने संकल्प लिएको छु।”


Advertisement

माओवादीका जनप्रतिनिधिले जितेका स्थानीय तहहरूलाई उत्कृष्ट बन्न सफल भएको उल्लेख गर्दै उनले काम गर्ने माओवादी नै हुने पुष्टि गरेका छन्। प्रचण्डले आफू सरकारमा हुँदा र बाहिर हुँदा पनि निरन्तर जनताको पक्षमा लडिरहने प्रतिबद्धता व्यक्त गरे। “सरकार होइन, म जनतासँग रमाइराखेको छु,” उनले भने।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर