म नेपाल आमा हाँसेको हेर्न चाहन्छु: प्रधानमन्त्री बालेन शाह

म नेपाल आमा हाँसेको हेर्न चाहन्छु: प्रधानमन्त्री बालेन शाह

प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औँसीको अवसरमा आमाप्रति सम्मान व्यक्त गर्दै माता र मातृभूमि स्वर्गभन्दा पनि महान हुने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै उनले जीवनको पहिलो गुरु र अनन्त ममताको स्रोत आमा भएको उल्लेख गरेका छन्।

उनले ‘हे जननी ! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’ भन्दै नेपाल आमाको उज्यालो मुहारको कामना गरेका छन्। प्रधानमन्त्री शाहले आमालाई सधैं हँसाउन सकौँ र सन्तानका कर्ममा आमाले गर्व गर्न सकुन् भन्ने भावना व्यक्त गरेका छन्।

मातातीर्थ औँसीको अवसरमा उनले सम्पूर्ण आमाहरू र नेपाल आमाप्रति सम्मान व्यक्त गर्दै सबैलाई शुभकामना पनि दिएका छन्।

Screenshot 2026 04 17 093349 https://bajarkochirfar.com/i-want-to-see-nepali-mother-smiling-prime-minister-balen-shah | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स