प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न’ भन्ने दृढ संकल्पमा रहेको बताएका छन्।
बुधबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग भएको प्रश्नोत्तर कार्यक्रममा सांसद महेन्द्र बहादुर शाहीको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले भने, “म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने राष्ट्रिय संकल्पप्रति हामी सबै दृढ छौं।”
उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएर अगाडि बढेको जानकारी दिँदै कतिपयले भ्रष्टाचारलाई फेसनको रूपमा मात्र लान्छना लगाउने गरेको पनि बताए।
प्रधानमन्त्रीले थपे कि, कसैले मात्र लेखेकै आधारमा वा आरोप लगाएको आधारमा होइन, तथ्यको आधारमा सरकारले आवश्यक कदम चाल्ने प्रतिवद्धता राखेको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया