प्रतिनिधि सभाको अर्थ समितिको बिहीबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले पुँजी बजारको नियमन र दोस्रो स्टक एक्सचेन्जको विषयमा कडा टिप्पणी गरेका छन्।
वाग्लेले स्टक एक्सचेन्जका बारेमा आफूले अर्थ समितिबाट दिएको पहिलेको निर्देशनमा फरक मत राखेको बताउदै हालको नयाँ स्टक एक्सचेन्जको प्रयासलाई पूर्व नियोजित भ्रष्टाचारको प्रयास जस्तो देखिएको बताए। वाग्लेले पुँजीवादी प्रणालीमा आर्थिक संस्थाहरूलाई केही व्यक्तिको कब्जामा जान नदिनु आवश्यक रहेको तर्क गरे।
पूर्व अर्थमन्त्री युवराज खतिवडाले दोस्रो स्टक एक्सचेन्जको अवधारणा भ्रष्टाचारको स्रोत बन्न सक्छ भनेको सम्झँदै, वाग्लेले त्यही धारणा दोहोर्याए। वाग्लेले केही व्यक्ति वा समूहलाई पोस्नका लागि ल्याइने नयाँ एक्सचेन्जलाई राष्ट्रिय स्वतन्त्र पार्टीले २०८४ सालमा सरकारमा पुगेपछि खारेज गर्ने चेतावनी समेत दिय।
वाग्लेले हाइड्रोपावर र होटल क्षेत्रका केही कम्पनीहरूले आईपीओ जारी गरेर सहकारी संस्था जस्तै भाग्ने सम्भावना रहेको बताए। “घाटामाथि घाटामा गएका कम्पनीलाई आईपीओमार्फत लगानीकर्ताको पैसा उठाएर लुट्ने नियामक निकायहरूको चाल रहस्यमय छ,” उनले टिप्पणी गरे।
उनले धितोपत्र बोर्डको भूमिकामाथि पनि प्रश्न उठाउँदै, आईपीओको खेलमा नियामक बोर्डका अध्यक्ष मुछिनु राम्रो संकेत नभएको बताए साथै वाग्लेले नेप्सेलाई पुनर्संरचना गरेर निजी क्षेत्रको सहभागिता बढाउनुपर्नेमा जोड दिँदै भने, “अहिले नयाँ लाइसेन्स दिन ध्यान जानु प्रिपेड भ्रष्टाचार नै हो भन्ने मलाई लाग्यो”


















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

प्रतिकृया