स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। यस लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (करसहित) समावेश छन्। उक्त निर्णय कम्पनीको चैत ७ गतेको सञ्चालक समितिको बैठकमा गरिएको हो।
घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि, कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण गरिनेछ।




















प्रतिकृया