मौद्रिक नीति पछि कुन सेक्टर कति बढ्यो ? कुन-कुन सेक्टर बने ‘सुपर पर्फर्मर’ ?

मौद्रिक नीति पछि कुन सेक्टर कति बढ्यो ? कुन-कुन सेक्टर बने ‘सुपर पर्फर्मर’ ?

गभर्नर डा. विश्व पौडेलले असार २७ गते आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरे। मौद्रिक नीति सार्वजनिक भएपछि सेयर बजार २७० अंकले बढिसकेको छ। मौद्रिक नीति सार्वजनिक भएको दिन शुक्रबार परेको थियो। शुक्रबार र शनिबारको दिन सेयर कारोबार बन्द रह्यो। २९ गते आईतबार खुलेको बजार घटेर बन्द भएको थियो। भोलिपल्ट ३० गते पनि बजारमा गिरावट देखियो। त्यसपछि बजार बढ्दो क्रममै देखिएको छ।

मौद्रिक नीति सार्वजनिक भएपछि सबैभन्दा धेरै बढ्नेमा अदर्स इन्डेक्स रहेको छ। असार २६ मा अदर्स इन्डेक्स २३६८.५९ को बिन्दुमा क्लोज भएको थियो भने साउन १३ सम्म आईपुग्दा २७५१.५७ को बिन्दुमा क्लोज भएको छ, जुन ३८२.९८ अंकको बढोत्तरी हो। प्रतिशतमा हेर्दा यो १६.१७% हुन आउँछ। दोश्रो स्थानमा विकास बैंक इन्डेक्स रहेको छ जुन १५.५७% ले बढेको छ। क्रमश: माइक्रोफाइनान्स १५.१५%, म्यानुफ्याक्चरिंग १३.३६%, हाइड्रोपावर १०.५३% ले बढेको छ। यो बीचमा नेप्से सूचक ९.८९% ले बढेको छ। नेप्से भन्दा पनि कम पर्फर्म गर्ने सेक्टरहरुमा बैंकिंग, लाईफ इन्स्योरेन्स, नन लाईफ इन्स्योरेन्स, होटेल एण्ड टुरिजम, इन्भेस्टमेन्ट, ट्रेडिङ्ग र फाइनान्स छन्। सबैभन्दा कम बैंकिंग सेक्टर जम्मा ७.१०% ले बढेको छ भने लाईफ इन्स्योरेन्स ७.१३%, होटेल एण्ड टुरिजम ७.१९%, नन लाईफ इन्स्योरेन्स ७.३१%, इन्भेस्टमेन्ट ७.३५%, ट्रेडिङ्ग ७.६९% र फाइनान्स ९.०६% ले बढेका छन्।

दुई पुनर्बिमा कम्पनीहरुको मूल्य बढेसंगै अदर्स इन्डेक्समा राम्रो बढोत्तरी देखिएको हो। लामो समयदेखि खासै बढ्न नसकेका विकास बैंकहरुमा लगानीकर्ताहरुले खरीद बढाउँदा यो सेक्टर पनि १५% भन्दा धेरैले बढेको हो। माइक्रो फाइनान्सको हकमा १५% भन्दा बढी लाभांश बाँड्न दिन राष्ट्र बैंक लचिलो हुने देखिएपछि आकर्षण बढेको देखिन्छ भने लामो समयदेखि कन्सोलिडेसनमा रहेको म्यानुफ्याक्चरिङ्ग सेक्टरले पनि पर्फर्म गर्न थालेको छ। ‘

हाइड्रोपावर ‘सदाबहार’ सेक्टरको रुपमा स्थापित हुँदै गएको छ, त्यसमाथि पहिलो त्रैमासमा हाइड्रोपावर कम्पनीहरुको ब्यालेन्स शिट राम्रो देखिने हुँदा अहिलेको मूल्यमा किनेर राखे यदि तत्कालै नाफा गर्न सकिएन भने पनि पहिलो त्रैमासको रिपोर्ट ताका राम्रो नाफामा बेच्न सकिन्छ भन्दै लगानीकर्ताहरुले खरिद बढाईरहेको देखिन्छ। बिस्तारै फाइनान्स सेक्टरमा पनि चार्म आउँदै गरेको देखिन्छ। ट्रेडिङ्ग, इन्भेस्टमेन्ट, लाईफ, नन लाईफ इन्स्योरेन्स, होटेल तथा बैंकिंग सेक्टरमा भने खासै आकर्षण देखिएको छैन।  विशेषगरी ‘बैंकर र व्यवसायी’ छुट्याउने भन्ने कुरा कसरी अघि बढ्छ र त्यसले कस्तो असर पार्ला भन्ने कुराको टुङ्गो नलागेसम्म बैंकिंग सेक्टरमा आक्रामक खरिद आउने सम्भावना कम रहेको जानकारहरु बताउँछन्।

NEPSE UPDATE 1 1 https://bajarkochirfar.com/how-much-did-which-sector-grow-after-monetary-policy-which-sectors-became-super-performers | %tags

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स