insta insta

रसुवामा बाढीबारे विद्युत् प्राधिकरणले के भन्यो ?

रसुवामा बाढीबारे विद्युत् प्राधिकरणले के भन्यो ?
Advertisement Ads

रसुवामा आएको आकस्मिक बाढीका कारण विद्युत् उत्पादन, प्रसारण तथा वितरणसँग सम्बन्धित विभिन्न संरचनामा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार बाढीबाट रसुवा जिल्लामा जनधनको अपूरणीय क्षति हुनुका साथै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

बाढीका कारण रसुवागढी, चिलिमे, त्रिशूली–३ ए र त्रिशूली–३ बी जलविद्युत् आयोजनासँग सम्बन्धित संरचना, २२० केभी सबस्टेशन, त्रिशूली तथा देविघाट जलविद्युत् केन्द्र र विभिन्न विद्युत् वितरण संरचना प्रभावित भएका छन्। यसका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले विद्युत् आपूर्ति नियमित गर्न हरसम्भव प्रयास भइरहेको भन्दै नियमित आपूर्ति नहुँदासम्म सम्बन्धित सबैलाई धैर्य गर्न आग्रह गरेको छ।

यसैबीच, बाढीको जोखिम अझै कायम रहन सक्ने भएकाले नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा रहेका सर्वसाधारण, राष्ट्रसेवक तथा प्राधिकरणका कर्मचारीलाई उच्च सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ।

प्राधिकरणले बाढीबाट प्रभावित तथा बेपत्ता भएका व्यक्तिको खोज, उद्धार, राहत तथा पुनःस्थापनामा तत्काल प्रभावकारी रूपमा परिचालित हुन सम्बन्धित सबै पक्षलाई अनुरोधसमेत गरेको छ।

साथै, आधिकारिक सूचना बाहेकका अपुष्ट समाचार तथा अफवाहमा विश्वास नगर्न प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ।

नेपाल विद्युत् प्राधिकरणले २०८३/०४/३० गते जारी गरेको सूचनामा उक्त जानकारी दिएको हो।

787177975 2195367294690766 702218205801120342 n https://bajarkochirfar.com/what-did-the-electricity-authority-say-about-the-floods-in-rasuwa | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स