क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा १०.४३ गुणा बढी माग भएको छ। आइतबारसम्म कुल १५ लाख ९० हजार ५९४ आवेदन परेको छ।
इन्स्योरेन्सले गत बिहीबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो। सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार, आइतबार बेलुकी ५:०७ सम्म कुल १ करोड ९२ लाख ५७ हजार ११० कित्ता सेयरको आवेदन परेको छ, जसको कुल मूल्य १ अर्ब ९२ करोड ५७ लाख ११ हजार रुपैयाँ बराबर छ।
कम्पनीले सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता (१८ करोड ४५ लाख रुपैयाँ बराबर) सेयर जारी गरेको हो। यस आईपीओमा आज (फागुन २६) गतेसम्म आवेदन दिन सकिन्छ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। आईपीओको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।





















प्रतिकृया