नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा आजसम्म कति पर्यो आवेदन?



Advertisement
Ads

नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि माघ ८ गतेदेखि २ लाख २५ हजार कित्ता आइपीओ बिक्री खुला गरेको छ। सीडीएसका अनुसार आज (माघ ११ गते) बिहान १०:०६ सम्म ३४ हजार ४६० जनाले १० लाख ९९ हजार ५९० कित्ताका लागि  कुल रकम १० करोड ९९ लाख ५९ हजार रुपैयाँ बराबरको आवेदन दिइसकेका छन्। जुन मागभन्दा ४.८८ गुणा बढी आवेदन हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीले यस आइपीओमा माघ २२ गतेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।


Advertisement

केयर रेटिङ नेपालले यस कम्पनीको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ। यो आइपीओको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर